Usted está aquí

Noticias

Street play to create awareness on gender-based violence seen by around 4000 people in 20 different villages (बीसवटा गाउँमा प्रदर्शित लैंगिक हिंसासम्बन्धी सचेतनामूलक सडक नाटकमा ४००० भन्दाबढी दर्शक सहभागी)

Dhaniya’s House, a street play to raise awareness on gender-based violence, performed in the form of forum theatre, grabbed the attention of an audience of 4000, including over 1000 adolescent girls in Sarlahi and Rautahat districts.

 

The play, organised under the joint programme of UNESCO-UNFPA-UN Women funded by KOICA “Empowering Adolescent Girls and Young Women through the Provision of Comprehensive Sexuality Education and a Safe Learning Environment in Nepal” was performed from 18 to 22 June 2018 in 20 villages. The audience was engaged by inviting volunteers to role plays during the performance. This interactive approach generated a meaningful discussion between actors and audience on issues related to several types of violence against women and girls.

 

Communities with the highest school dropout rates of girls were selected for the performances. The positive engagement from the locals during the performances showed that the communities are adopting improved menstrual hygiene and sanitation practices and supporting a safe learning environment for girls.

 

“I will send my daughter to school with proper care even while she has her period. I will ask the school authority to provide good toilet facilities in the school for girls like my daughter,” Kishan Yadav of Debahi Municipality said after watching the play. “My community is not fully aware of these issues and I may face criticism for taking a stand but I have to do what is best for my daughter’s education,” he added.

 

The local participants said that the interactive nature of the play and the fact that it was in their native languages, significantly increased its impact.

 

Rama, a middle-aged woman from Debahi municipality, participated as a problem-solving actor and found the role very empowering although she anticipated criticism from some members of the local community. “The play was really nice but people here still cannot speak up about the issues that were raised, they are still hesitant. I am really happy that you provided this platform so that I was able to speak out about the problems our girls face during menstruation. I know I will be scolded by the community for speaking in front of everyone as a woman, but I thought that it was necessary.”

 

बीसवटा गाउँमा प्रदर्शित लैंगिक हिंसासम्बन्धी सचेतनामूलक सडक नाटकमा ४००० भन्दाबढी दर्शक सहभागी

 

सर्लाही र रौतहट जिल्लामा लैंगिक हिंसाका विरुद्ध चेतना जगाउन कचहरी नाटकका रुपमा मञ्चन गरिएको सडक नाटक धनियाको घरले यी जिल्लाका १००० किशोरीहरु सहित ४००० भन्दाबढी दर्शकहरुको ध्यान आकृष्ट गरेको छ ।

 

कोइकाको आर्थिक सहयोगमा युनेस्को, युएनएफपीए र युएनवुमनद्वारा संयुक्त रुपमा सञ्चालित ‘नेपालमा विस्तृत यौनिकता शिक्षा एवं सुरक्षित सिकाइको वातावरणका माध्यमबाट किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण’ कार्यक्रम अन्तरगत जून १८ देखि २२ सम्म २० वटा गाउमा मञ्चन गरिएको उक्त नाटकको प्रस्तुतिका क्रममा दर्शकहरुलाई समेत स्वयंसेवक पात्रका रुपमा अभिनय गर्न निम्त्याइएको थियो ।

 

यसप्रकारको अन्तरक्रियात्मक विधिका कारण महिला र बालिकामाथि हुने विभिन्न प्रकारका सवालहरुसँग सम्बन्धित विषयमा अभिनयकर्ता र दर्शककाबीच अर्थपूर्ण छलफल गर्न संभव बनाएको थियो ।

 

विद्यालय छाड्ने उच्च दर भएका समुदायका महिलाहरुलाई नाटकको प्रस्तुतिका लागि छानिएको थियो । प्रस्तुतिका क्रममा उनीहरुले देखाएको सकरात्मक संलग्नताले समुदायले रजश्वला हुँदा गर्नुपर्ने सरसफाइसम्बन्धी व्यवहारमा सुधार ल्याउने तथा बालिकाका लागि सुरक्षित सिकाइको वातावरण निर्माण गर्नमा सहयोग पुर्याउनेछन् भन्ने देखाउँछ ।

 

नाटक हेरिसकेपछि देवही नगरपालिकाका किसान यादवले भन्नुभयो, “म मेरी छोरीलाई महिनावारीको बेलामा समेत विद्यालय पठाउनेछु । मेरी छोरी लगायत सबै छात्राहरुका लागि राम्रो शौचालयको व्यवस्था गर्न विद्यालयसँग सम्बन्धित अधिकारीहरुलाई भन्नेछु ।” वहाँले अगाडि भन्नुभयो, “मेरो समुदाय यस सवालमा पूर्णरुपले सचेत छैन, यस विषयमा अडान लिँदा मैले आलोचनाको पनि सामना गर्नुपर्ला तर मेरी छोरीका लागि जे गर्दा सबैभन्दा उचित हुन्छ, मैले त्यो गर्नुपर्छ ।”

 

अन्तरक्रियात्मक हुनुका साथै आफ्नै भाषामा पनि भएका कारण नाटकको प्रभाव अत्यन्तै बढ्न गएको स्थानीय सहभागीहरुले बताएका थिए ।

 

समस्या सुल्झाउने अभिनयकर्ताका रुपमा सहभागी देवही नगरपालिकाकै एकजना महिला रमाले आफूले खेलेको भुमिका अत्यन्तै सशक्तिकरण गर्ने खालको भएको बताउँदै यदि साँच्चै यहि भूमिका वास्तविक जीवनमा पनि निभाउने हो भने केही स्थानीयहरुले आलोचना पनि गर्न सक्लान कि भन्ने अनुमान गर्नुभयो । उहाँले भन्नु भयो, “नाटक साँच्चै नै राम्रो छ तर यहाँका मान्छेहरु यहाँ उठाइएका सवालहरुमा त्यति बोल्न सक्दैनन् । तपाइहरुले यो मञ्च उपलब्ध गराइदिनु भयो र मैले हाम्रा किशोरीहरुले महिनावारीहुँदा सामना गर्नुपरेका समस्याका बारेमा बोल्न पाउँदा साँच्चै नै खुशी लागेको छ । एक जना महिला भएर सबैका सामुन्ने बोल्दा म माथि गालीगलौज गरिनेछ भन्ने मलाइ थाहा छ ,तर पनि बोल्नु आवश्यक थियो भन्ने मैले ठाँने ।”

 

URL:

http://www.unesco.org/new/en/kathmandu/about-this-office/single-view/news/street_play_to_create_awareness_on_gender_based_violence_see/