Vous êtes ici

Nouvelles

UNESCO marks International Women’s Day in five districts (पाँच जिल्लामा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन युनेस्कोद्वारा सहयोग)

On the 8 March UNESCO supported various events to mark the occasion of International Women’s Day (IWD) in five districts across the country – Sunsari in the Eastern region, Rauthat and Sarlahi in the Central region and Achham and Bajura in the Far-Western region.

 

Around 250 people from various walks of life participated in a rally carrying signs and banners with slogans advocating for women’s rights and women empowerment in Sunsari district. In addition, a speech contest on “Role of local government on women empowerment” was held along with poem recitals, singing and dancing and the winners were awarded with cash prizes and certificates.

 

The Women Development Officer Sushila Karki, from Sunsari District, highlighted the importance of IWD for the achievement of gender equality.

 

Honourable Saraswati Pokharel, Deputy Spokesperson of Province No. 1, emphasized the importance of women’s rights and awareness. She stated, “It is a good opportunity for the local government to show some exemplary progress with women’s representation”. Deputy Mayor of Inaruwa municipality, Jamuna Pokharel, noted that proper education and skills were key to women’s self-employment and empowerment.

 

Similarly, in the Far-Western region, IWD was celebrated with activities including a ward-level dohori song competition, a quiz contest, and an inter-school debate. Women from different parts of the districts came together to share experiences and learn from each other. The event gave women the opportunity to talk about issues affecting their everyday lives and share feelings through songs. They discussed important issues including menstrual hygiene, the negative consequences of early marriages, and gender-based violence.

 

The events were organised by different stakeholders including the Office of Women and Children, Community Learning Centres, municipality representatives, and NGOs and was supported by UNESCO’s project funded by the Korea International Cooperation Agency (KOICA).

 

पाँच जिल्लामा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन युनेस्कोद्वारा सहयोग

 

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आठ मार्चमा देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरियो । युनेस्कोको सहयोगमा पूर्वी नेपालको सुनसरी, मध्यमाञ्चलका रौतहट र सर्लाही एवं सुदुर पश्चिमका अछाम र बाजुरामा पनि यस्ता कार्यक्रमहरु सम्पन्न भएका छन् ।

 

सुनसरी जिल्लामा विभिन्न क्षेत्रबाट आएका लगभग २५० जना व्यक्तिहरु महिला अधिकार र महिला सशक्तिकरणको वकालत गर्ने नाराहरु लेखिएका चिह्न एवं व्यानरहरु सहित जुलुसमा सहभागी भएका थिए । यसका अतिरिक्त ‘महिला सशक्तिकरणमा स्थानीय सरकारको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिताका साथै कविता–वाचन, गायन एवं नृत्य कार्यक्रमको अयोजना गरी विजेताहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

 

कार्यक्रममा सुनसरी जिल्लाका महिला विकास अधिकृत सुशिला कार्कीले लैंगिक समानता प्राप्तिका लागि अन्तर्राष्ट्रिय नारी दिवसको महत्वमाथि प्रकाश पार्नुभयो ।

 

यसरी नै प्रदेश १ का उपसभामुख सम्माननीय सरस्वती पोख्रेलले महिला अधिकार र सचेतनाको महत्वमाथि जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारलाई महिलाहरुको प्रतिनिधित्वका क्षेत्रमा उदाहरणीय प्रगति देखाउने अवसर छ ।’ इनरुवा नगरपालिकाका उपमेयर जमुना पोखरेलले महिलाको स्वरोजगार र सशक्तिकरणका लागि उचित शिक्षा र सिप जरुरी हुने उल्लेख गर्नुभयो ।

 

यसैगरी सुदुरपश्चिमाञ्चल क्षेत्रमा वडास्तरीय दोहोरी गायन प्रतियोगिता, हाजिरीजवाफ तथा अन्तरविद्यालय वादविवाद प्रतियोगिताको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । जिल्लाका विभिन्न भागका महिलाहरु भेला भइ आआफ्ना अनुभवहरु आदानप्रदान गर्नुका साथै एकअर्काबाट सिकेका थिए । कार्यक्रमले महिलाहरुलाई गीतका माध्यमबाट उनीहरुको दैनिक जीवनमा प्रभाव पार्ने सवालहरुका बारेमा बोल्न एवं भावनाहरु अभिव्यक्त गर्ने अवसर प्रदान गरेको थियो । उनीहरुले महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ, कम उमेरमा विवाह गर्दाका नकरात्मक असरहरु एवं लैंगिक हिंसा लगायतका महत्वपूर्ण सवालहरुमा छलफल गरेका थिए ।

 

कार्यक्रमहरु महिला तथा बालबालिका कार्यालय, सामुदायिक सिकाइ केन्द्र, नगरपालिकाका प्रतिनिधि तथा गैरसरकारी संस्थाहरु लगायतका विभिन्न सरोकारवालाहरुले आयोजना गरेका थिए । यी कार्यक्रमहरुको आयोजना गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहायतामा सञ्चालित परियोजना अन्तर्गत युनेस्कोले सहयोग पुर्याएको हो ।

 

URL:

http://www.unesco.org/new/en/kathmandu/about-this-office/single-view/news/unesco_marks_international_womens_day_in_five_districts/