Vous êtes ici

Nouvelles

Comprehensive sexuality education and gender based violence on top priority: Education Minister (विस्तृत यौनिकता शिक्षा र लैंगिकतामा आधारित हिंसा उच्च प्राथमिकतामा : शिक्षा मन्त्री)

UNESCO, jointly with the Ministry of Education, Science and Technology (MoEST) organized a two-day workshop in Dhulikhel on Comprehensive Sexuality (CSE) and Gender based Violence (GBV) on 6 - 7 April 2018.

 

The workshop aimed to share the relevancy of CSE for improving education and health status of adolescent girls and young women and share the key updates of the project "Empowering Adolescent Girls and Young Women through the Provision of Comprehensive Sexuality Education and a Safe Learning Environment in Nepal."

 

Minister for Education Giriraj Mani Pokhrel, Joint Secretaries and Under Secretaries of the MoEST, heads of the Department of Education, National Centre for Educational Development, Non-Formal Education Centre, and Curriculum Development Centre participated among the 50 policy makers in the workshop.

 

Baikuntha Prasad Aryal, Joint Secretary of the MoEST and Chair of the Project National Steering Committee briefed the participants about the project. Balaram Timalsina, National Professional Officer of UNESCO highlighted the objectives of the workshop. While, Deergha Narayan Shrestha, Project Coordinator of UNESCO stressed on expected outcomes, implementing structure and key progress of the project. He stated, “The CSE and GBV is crucial, particularly in the district in far west and terai region, as there is high rate of female illiteracy, low enrolment of girls in school and other health and educational issues for adolescent girls and young women”.

 

Prof. Ram Krishna Maharjan, Prof. Bhimesen Devkota and Dr. Khem Karki underscored the CSE related issues and rationale of CSE in Nepalese context showing the evidence of the success of the CSE for reducing HIV and Sexually Transmitted Infections and teenage pregnancy.

 

Minister Pokhrel emphasized on the need of the CSE and GBV in Nepalese society to address various education and health issues. He instructed the participants to give high priority on CSE and GBV and prepare a plan for integrating them in the educational system.

 

The initiative was supported under the Joint Programme of UNESCO – UNFPA – UN Women funded by KOICA ‘Empowering Adolescent Girls and Young Women through the Provision of Comprehensive Sexuality Education and a Safe Learning Environment in Nepal’.

 

 

विस्तृत यौनिकता शिक्षा र लैंगिकतामा आधारित हिंसा उच्च प्राथमिकतामा : शिक्षा मन्त्री

 

युनेस्कोले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा विस्तृत यौनिकता शिक्षा एवं लैंगिकतामा आधारित हिंसा सम्बन्धी एक कार्याशालाको आयोजना गरेको छ । उक्त दुई दिने कार्याशाला अप्रिल ६ र ७ मा धुलिखेलमा सञ्चालन गरिएको थियो ।

 

उक्त कार्यशाला किशोरी एवं युवा महिलाहरुको शिक्षा र स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि विस्तृत यौनिकता शिक्षाको सान्दर्भिकताका बारेमा छलफल गर्ने र “नेपालमा विस्तृत यौनिकता शिक्षा एवं सुरक्षित सिकाइ वातावरणको व्यवस्थाका माध्यमबाट किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण” परियोजनामा भईरहेका मुख्य प्रगतिहरुका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको थियो ।

 

कार्याशालामा शिक्षा मन्त्री माननीय गिरिराजमणी पोख्रेल, मन्त्रालयका सहसचिव एवं उपसचिवहरु, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र र पाठ्यक्रम विकास केन्द्रका प्रमुखहरु लगायत ५० जना भन्दा बढी नीति निर्माताहरुको सहभागिता रहेको थियो ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं परियोजनाका लागि नेशनल स्टेयरिङ कमिटिका अध्यक्ष बैकुण्ठ k|;fb अर्यालले सहभागीहरुलाई परियोजनाका बारेमा जानकारी दिनुभयो । त्यसैगरी युनेस्कोका नेशनल प्रोफेशनल अफिसर बलराम तिमल्सिनाले कार्यशालfका उद्देश्यहरुमाथि प्रकाश पार्नुभयो । युनेस्कोका परियोजना संयोजक दीर्घनारायण श्रेष्ठले अपेक्षित उपलब्धीहरु, कार्यान्वयन संरचना एवं परियोजनाका मुख्य प्रगतिहरुका बारेमा जोड दिनुभयो । उहाँले “महिला निरक्षरताको दर उच्च रहेको, विद्यालयमा बालिकाहरु भर्ना हुने दर कम रहेको र किशोरी एवं युवा महिलाहरुका अन्य स्वास्थ्य एवं शैक्षिक सवालहरुका कारण खास गरेर सुदूर पश्चिम र तराइका जिल्लाहरुमा विस्तृत यौनिकता शिक्षा र लैंगिकतामा आधारित हिंसा सम्बन्धी सचेतना महत्वपूर्ण रहेको” उल्लेख गर्नु भयो ।

 

प्राध्यापक रामकृष्ण महर्जन, प्राध्यापक भिमसेन देवकोटा र डा. खेम कार्कीले विस्तृत यौनिकता शिक्षासँग सम्बन्धित सवाल र एचआईभी एवं यौनप्रसारित रोग तथा किशोरावस्थाको गर्भाधानमा कमी ल्याउन विस्तृत यौनिकता शिक्षाको उपादेयतामाथि जोड दिनु भयो ।

 

मन्त्री पोख्रेलले शिक्षा एवं स्वास्थ्य सम्बन्धी विविध सवालहरुलाई सम्बोधन गर्न नेपाली समाजमा विस्तृत यौनिकता एवं लैंगिकतामा आधारित हिंसा सम्बन्धी शिक्षाको आवश्यकता माथि जोड दिनु भयो । उहाँले विस्तृत यौनिकता शिक्षा र लैंगिकतामा आधारित हिंसालाई उच्च प्राथमिकतामा राख्न र यी विषयहरुलाई शैक्षिक प्रणालीमा एकीकृत गर्ने योजना तयार पार्नका लागि सहभागीहरुलाई निर्देशन दिनु भयो ।

 

कार्यशाला कोइकाको आर्थिक सहयोगमा युनेस्को, युएनएफपीए र युएन वुमनद्वारा सञ्चालित संयुक्त कार्यक्रम “नेपालमा विस्तृत यौनिकता शिक्षा एवं सुरक्षित सिकाइका वातावरणको व्यवस्थाका माध्यमबाट किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण” अन्तरगत सञ्चालन गरिएको हो ।

 

URL:

http://www.unesco.org/new/en/kathmandu/about-this-office/single-view/news/comprehensive_sexuality_education_and_gender_based_violence/