You are here

News

School girls express gender-based violence through art (छात्राहरुबीच लैङ्गिक हिंसा सम्बन्धी चित्रकला प्रतियोगिता)

When school girls from Sunsari district were given the opportunity to express their feelings on gender-based violence through art, they painted a bleak picture of modern Nepali society.

 

On June 16, 42 adolescent girls, who came from 16 different schools and included representatives from grades five through 10, participated in an art competition organised by the Nawayug Community Learning Centre. The objective of the competition was to raise awareness among school students and community members on gender-based violence through art, and the initiative was supported under the joint programme of UNESCO-UNFPA-UN Women funded by KOICA “Empowering Adolescent Girls and Young Women through the Provision of Comprehensive Sexuality Education and a Safe Learning Environment in Nepal”.

 

Snehalata Paudel, Rashi Mehata, and Srijana Mehta were declared the winners of the three different categories. The students shared their motivation and inspiration for expressing their feelings on a range of harmful practices related to gender-based violence including dowries, physical domestic violence, and selective-sex abortions.

 

Snehalata, a grade nine winner from Bhagawati Secondary School shared her personal struggle with gender-based violence. “My own experience inspired me to speak up against gender-based violence. I lost my parents when I was a small child and I had to quit school and start working where I faced violence as a young girl. I was then taken in by my uncle and aunt and I rejoined school again last year. I believe that girls and women should be strong and united and raise their voices against violence.”

 

Rashi, another winner of the grade five to eight category, explained that her childhood interest in drawing has motivated her to use her talent to raise awareness on social issues such as gender-based violence. Her winning piece of art showed how domestic violence affects children psychologically. “I have seen this kind of violence in my neighborhood,” she added.

 

Sadly gender-based violence and violence against women is not limited to one specific community, but is common across the whole country and data recorded by the Nepal Police shows an increasing number of incidents of violence against women and girls. Over the last five years, over 2000 cases of serious violence against girls and women were recorded by the police every year, with most of the cases involving school-age girls.

 

The teachers and civil society members in Sunsari district said that such violence often hampers the education and growth of adolescent girls, highlighting the importance of awareness programmes such as this art competition to boost the self-confidence of the students. “Such events help a great deal to start a dialogue at the school level as well as at the community level, but they need to be conducted more frequently. It is very important for the empowerment of women” stated Khemraj Pokharel, Chairperson of Nawayug Community Learning Centre.

 

छात्राहरुबीच लैङ्गिक हिंसा सम्बन्धी चित्रकला प्रतियोगिता

 

सुनसरी जिल्लाका स्कूलका छात्राहरुलाई जब कलाका माध्यमबाट लैङ्गिक हिंसा सम्बन्धी आफ्नो अनुभूति व्यक्त गर्नका लागि अवसर प्रदान गरियो, उनीहरुले आधुनिक नेपाली समाजको एउटा निराशलाग्दो चित्र कोरे ।

 

नवयुग सामुदायिक सिकाइ केन्द्रद्वारा जून १६ मा आयोजित चित्रकला प्रतियोगितामा सुनसरी जिल्लाका १६ वटा विद्यालमा ५ देखि १० कक्षासम्म अध्ययनरत ४२ जना किशोरीहरुले भाग लिएका थिए । कलाका माध्यमबाट लैङ्गिक हिंसाकाबारेमा विद्यार्थी एवं समुदायका सदस्यहरुका माझ चेतना जगाउने उद्देश्यले कोइकाको आर्थिक सहयोगमा युनेस्को, युएनएफपीए र युएनवुमनद्वारा संयुक्त रुपमा सञ्चालित ‘नेपालमा विस्तृत यौनिकता शिक्षा एवं सुरक्षित सिकाइको वातावरणका माध्यमबाट किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण’ कार्यक्रम अन्तर्गत उक्त चित्रकला प्रतियोगिताको आयोजना गरिएको हो ।

 

प्रतियोगितामा सहभागीहरुमध्येबाट स्नेहलता पौडेल, राशी मेहता र सृजना मेहता तीनवटा छुट्टाछुट्टै समूहमा विजयी घोषित भएका थिए । विद्यार्थीहरुले दाईंजो प्रथा, शारीरिक घरेलु हिंसा एवं भ्रूणपहिचानका आधारमा गरिने गर्भपतन लगायत थुप्रै हानिकारक अभ्यासहरुका बारेमा आफ्ना अनुभूतिहरु अभिव्यक्त गर्न कसरी उत्पे्ररित र प्रोत्साहित भए भन्नेबारेमा आफ्ना अनुभवहरु साटेका थिए ।

 

पुरस्कार विजेता मध्येकी एक भगवती माध्यामिक विद्यालयका नौ कक्षामा अध्ययरत स्नेहलताले लैङ्गिक हिंसाका विरुद्ध आफूले गरिरहेको व्यक्तिगत संघर्षका बारेमा बताएकी थिइन् । ‘मेरो आफ्नै अनुभवले मलाइ लैङ्गिक हिंसाका विरुद्ध बोल्न उत्प्रेरित गरेको हो । म सानै हुँदा मैले मेरा अभिभावकहरु गुमाएँ, त्यसपछि मैले विद्यालय छाड्नु पर्यो र काम गर्न जानु पर्ने भयो, जहाँ एउटी बालिकाका रुपमा मैले हिंसाको सामना गर्नुपथ्र्यो । मलाइ मेरा काकाकाकीले फेरि फिर्ता ल्याउनु भयो र गतवर्ष देखि फेरि विद्यालय जान थालेँ । मलाइ लाग्छ बालिका र महिलाहरु बलियो र एकताबद्ध हुनुपर्छ र हिंसाका विरुद्ध आफ्नो आवाज बुलन्द गर्नुपर्छ ।’

 

त्यसरी नै कक्षा पाँच देखि नौसम्मको समूहबाट विजयी अर्का विजेता राशीले आफूले बाल्यकालदेखि नै चित्रकलामा रुची राख्ने गरेको र सोही प्रतिभाले लैङ्गिक हिंसा जस्ता सामाजिक सवालहरुका बारेमा चेतना फैलाउन अभिप्रेरित गरेको बताइन् । पुरस्कृत चित्रकलामा उनले घरेलु हिंसाले कसरी वालवालिकाहरुलाई मानसिकरुपमा असर पार्दछ भनेर देखाएकी थिइन् । उनले भनिन्, ‘यसप्रकारको हिंसा मैले मेरै छरछिमेकमा देखेकी छु ।’

 

लैङ्गिक हिंसा एवं महिला विरुद्धको हिंसा कुनै एक खास समुदायमा मात्रै सिमित नभै समग्र देशै भरि फैलिएको दुःखद अवस्था छ । नेपाल प्रहरीको तथ्यांकले महिला र बालिकामाथि हुने हिंसाका घटनाहरुको संख्यामा बृद्धि भैरहेको देखाएका छन् । गएका पाँचवर्षमा, हरेक वर्ष बालिका र महिलामाथि हुने गरेका २००० भन्दा बढि गम्भीर प्रकृतिका हिंसाका घटनाहरु प्रहरीले दर्ता गरेको छ जसमा अधिकांश घटनाहरुमा विद्यालय जाने उमेर समूहका बालिकाहरु पर्ने गरेका छन् ।

 

सुनसरी जिल्लाका शिक्षक एवं नागरिक समाजका सदस्यहरुले यस्तो हिंसाबाट किशोरी छात्राहरुको शिक्षा र वृद्धिविकासमा असर पार्ने भन्दै विद्यार्थीहरुको आत्मविश्वास बढाउन चित्रकला प्रतियोगिता जस्ता चेतना जगाउने कार्यक्रमहरु महत्वपूर्ण हुने विचार राखेका थिए । नवयुव सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष खेमराज पोखरेलले ‘यस्ता कार्यक्रमहरुले विद्यालयका साथसाथै समुदाय स्तरमा संवाद गर्नका लागि प्रशस्तमात्रामा सहयोग पुर्याउन सक्छन्, तर तिनीहरुलाई बारम्बार आयोजना गरिरहनु पर्दछ । महिलाहरुको सशक्तिकरणका लागि यो धेरै नै महत्वपूर्ण छ’ भन्नुभयो ।

 

URL:

http://www.unesco.org/new/en/kathmandu/about-this-office/single-view/news/school_girls_express_gender_based_violence_through_art/